बालुवाटार छिर्‍यो कोरोना ! प्राधनमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकिय सचिव कोरोना संक्रमित

समाचार

काठमाडौं: प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको छ । मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा, ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । हिजो गरिएको पीसीआर परीक्षणमा विष्णु रिमाल,  सूर्य थापा, डा.राजन भट्टराई र इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत हिजोको पीसीआर परीक्षणले हामीमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । उनीहरुले यसबीचमा सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *