काठमाडौँ – बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले लोबुचे हिमालको सफल आरोहण गरेका छन् । राजकुमार सेख मोहम्मद सहितको टोलिले शनिबार बिहान ८ बजेर ५० मिनेटमा सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका हो।
बहराइनका राजकुमार सहितको टोलि ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा शनिबार बिहान ८ बजेर ५० मिनेटमा शिखरमा पुगेको बताइएको छ।
खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली शिखरमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ। सेभेन समिट ट्रेक्सले सामाजिक स्नाजल मार्फत खलिफाको टोलिले लोबुचे हिमालको सफल आरोहण गरेको आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएको हो। उक्त टोलीले अक्टोबर १५ देखि २० भित्र मनास्लु पनि आरोहण गर्ने बताइएको छ।
कोरोना महामारीकै बीच हिमाल आरोहणको अनुमति पाएको उक्त टोलि भदौ ३१ गते नेपाल आइपुगेको थियो। नेपाल आएको टोलिमा बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका थिए। bigulnews