केहि समय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोशन परियारको संगितमा “पिडा मात्रै दियो” बोलको नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । चर्चित गायक गायिका पुर्णकला बिसी , अर्जुन सापकोटा , बिक्रम क्षेत्रिको आवाजमा रहेको गितमा अमितबाबु रोकायको शब्द रहेको छ , भने रोशन परियारको संगित रहेको छ | ।
श्रीमतीले छाडेर गएपछि पिठ्युँमा छोरा बोक्दै राजधानीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् ।भाइरल व्यक्तिलाई भिडियोमा देखाउन पाइन्छ भन्ने निर्माताहरुलाई राम्रैसँग थाहा छ , त्यसैले त यतिबेला अर्जुनको व्यस्तता ह्वात्तै बढेको छ ।
पछिल्लो समयका लोकप्रिय अनी चक्लेटि गायक अर्जुन सापकोटाको बोलको गित “पिडा मात्र दियो” मेशना म्युजिकबाट सर्बत्र बजारमा सार्वजनिक भएको छ। गायक सर्जक अमित बाबु रोकायको शब्द श्रीजनामा रोशन परियारको लय रहेको गितमा अर्जुन सापकोटा र पुर्णकला बिसिको आवाज रहेको छ।
मेसना म्युजिकको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा सारिका केसी, अर्जुन बिक र गोपाल बर्देवाको मुख्य अभिनय रहेको देख्न सकिन्छ। दिपक गिरिको छायांकनमा सजिएक़ो भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्।
गितको म्युजिक भिडियो हेर्नुहोस् :
<iframe width=”332″ height=”374″ src=”https://www.youtube.com/embed/UZuHVyaLUmo” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>