काठमाडौं । बाग्मती प्रदेश सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण देखिएको छ । सिग्देल नेकपा मकवानपुरकी अध्यक्ष पनि हुन् ।
असोज ५ गते हेटौंडाबाट काठमाडौ आएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा रिपोर्ट पोजेटिभ देखिएको सिग्देलको भनाइ छ ।
उनी काठमाडौमै होम आइसोलेसनमा बसेकी छन् । उनी प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती तथा पूर्वमिस नेपाल शृंखला खतिवडाकी आमा हुन्।