होस् गुमाएका प्रकाश साउदीको अस्पतालमा अलपत्र, उनको नामबाहेक नेपालमा परिवार र आफन्त भेटिएनन्

समाचार

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना अझै थाहाा हुन सकेको छैन् । उनका आफन्त थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरिरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ ।होस् गुमाएका प्रकाश साउदीको अस्पतालमा अलपत्र छन् ।प्रकाशको पासपोर्ट नम्बर मात्र छ । तर त्यो पासपोर्ट हस्तलिखित भएकाले जिल्लासमेत थाहा हुन नसकेको दूतावासले जनाएको छ ।

प्रकाश बोल्न नसक्ने र होसमा पनि नभएकाले उहाँबाट परिवारको बारेमा जानकारी लिन नसकिएको दूतावासले जनाएको छ । प्रकाश दैलेख ओभरसिजमार्फत सन् २०११ साउदी गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *