उपचारका क्रममा पूर्वसांसद रायको निधन

समाचार

काठमाडौं । पूर्वसांसद एवं नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मनु भएका उहाँ २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

पछि उहाँ तमलोपामा केन्द्रीय सदस्य बन्नुभएको थियो भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उहाँ सक्रिय रहनुभएको थियो । उहाँका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *