डा.रवीन्द्र पाण्डे भन्छन्, कुलमान घिसिङ राजनीतिदेखि धेरै माथि छन्, सरकारले पुनः नियुक्ति गरोस्

समाचार

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि फाइल मन्त्रिपरिषद्मा पठाइएको जानकारी गराएका छन् । विभागीय मन्त्रीकै यो भनाइले ढिलोचाँडो प्राधिकरणमा घिसिङकै नियुक्ति हुने विश्वास आमजनताले गरेका छन् ।

यसैबीच, जनस्वास्थ्यविद डा.रवीन्द्र पाण्डे पनि कुलमानको पक्षमा देखिएका छन् । कुलमान राजनीतिभन्दा धेरै माथि भएको भन्दै उनले सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्ने उनको धारणा छ ।शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उज्यालो युगका पर्याय कुलमान घिसिंग नेपाल आमाका सपुत हुन् । दशकौं अँध्यारो बेचेकाहरू अहिले सलबलाएका छन् ।

नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिंगलाई नै नियुक्ति गर्नु उज्यालो युगको लागि अत्यावश्यक छ । कुलमान घिसिंग राजनीतिदेखि धेरै माथि छन् । सरकारले अबिलम्ब कुलमान घिसिंगलाई नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरोस् । सोलार तथा इन्भर्टर व्यापारीको प्रभाव र दवावमा कोहि नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *