साझ पख पोखराबाट आयो एस्तो खबर सबै चकित

Uncategorized

पोखरा/ पोखराको पृथ्वीचोक–लखनचोकमा बुधबार बिहानैदेखि ट्याक्सी चालकहरु प्रहरी–प्रशासनकाविरुद्ध नाराबाजी गर्दै उफ्रिरहेका थिए । उनीहरुले आफ्ना ट्याक्सीलाई चोकमा तेस्र्याएर बाटो अवरुद्ध गरिरहेका थिए । उनीहरु यति आक्रोशित थिए कि युद्धमा गोलाबारी चलिरहँदा पनि रोक्न नपाइने एम्बुलेन्सलाई अघि बढ्न दिईरहेका थिएनन् ।एम्बुलेन्सहरु जताबाट आयो उतै फर्किएर वैकल्पिक बाटो खोज्न वाध्य थिए ।

सैयौंको संख्यामा परिचालित प्रहरीहरु ट्वाल्ल परेर हेर्न वाध्य थिए । कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री ट्याक्सी चालकहरुलाई आ–आफ्नो ट्याक्सी हटाएर बाटो खोल्न अनुरोध गरिरहेका थिए । तर उनको अनुरोधलाई कसैले सुनेको थिएन ।पोखराको पृथ्वीचोक–लखनचोकमा ठूलै घटना हुने हो कि भनेर सबै त्रसित बनिरहेका थिए । सबैले बाटो खुलाउन नमान्ने ट्याक्सी चालकहरुलाई लाठीचार्ज गराएरै भएपनि प्रहरीले बाटो खुलाउने अनुमान सबैले गरिरहेका थिए ।यस्तो अवस्था देखेका बाटो हिंड्ने बटुवा अनि सर्वसाधारण कास्की प्रहरीको निरीहताको कटु रुपमा आलोचना गरिरहेका थिए ।

यस्तो आलोचना सामाजिक सञ्जालहरुमा पनि देखिन थालेको थियो । त्यस्तै करीब साढे १२ बजेतिर आफूलाई हिन्दी सिनेमाको हिरो सिंघमका रुपमा चिनाउन चाहने कास्की प्रहरी प्रमुख एसपी अशोकसिंह भीडमा पुगे । त्यतिबेलासम्म चोकमा संयौंको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु तैनाथ भैसकेका थिए । उनीहरु आवश्यक परे भीड नियन्त्रण गर्न लाठी चार्ज गर्न तमतयार भएर बसेका थिए ।त्यही तनावका बीचमा भीड छिचोल्दै पृथ्वीचोक–लखनचोकमा पुगेका कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आफ्ना प्रहरी जवानहरुलाई बाटोमा तेस्र्याइएका ट्याक्सीहरुलाई तत्काल उचालेर भएपनि बाटो खुलाउन निर्देशन दिए ।

उनको निर्देशनसँगै प्रहरी जवानहरुमध्ये कोहीले भटाभट बाटो छेकेर राखेका ट्याक्सीहरुलाई कोही धकेल्न थाले, कोहीले तान्न थाले । प्रहरीले ट्याक्सी हटाउन थालेपछि आक्रोशित ट्याक्सी चालकहरुले प्रतिवाद गर्ने र झडप हुनसक्ने आशंका उपस्थित सबैले गरेका थिए । तर कोही कसैले प्रतिवाद गरेनन् । केही बेर अघिसम्म चर्को आवाजमा प्रहरी प्रशासनको विरोध गर्नेहरु सबै पाखा लागेर बसे ।प्रहरीले बाटो छेकेर राखिएका केही ट्याक्सीहरुलाई तानेर या धकेलेर बाटो खुलाए । न त्यहाँ लाठी चार्ज भयो, न प्रतिवाद । यसरी झडप हुने आशंकाबीच कास्की प्रहरीले ट्याक्सी चालकहरुलाई हटाएर सवारी साधनहरु बाटो खुलायो ।

बाटो खुलाएपछि मिटरमा चल्न नमानेको आरोपमा हिरासतमा राखिएका १८ जना ट्याक्सी चालकहरुलाई कास्की प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि गण्डकी अञ्चल यातायात कार्यालय पोखरामा पठाएको छ ।ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिएपछि कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई मंगलबार पोखराका विभिन्न ठाउँबाट  समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो ।उपभोक्ताहरुलाई मनपरी भाँडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएकोमा आवश्यक कानूनी कारवाहीका लागि यातायात कार्यालय पठाइएको  कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

साभार : chautarionline

Leave a Reply

Your email address will not be published. Required fields are marked *