“कसैको प्रसंशा गर्नु छ भने समयमै गर्नुस मरेपछि त दुश्मनले पनि कठै भन्छ” भन्दै अस्ताइन् निर्मला

समाचार

लाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइ शुक्रबार मृत फेला परेकी हुन्। घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहाराइ भदौ ३१ गतेदेखि वेपत्ता थिईन् भने आज शुक्रबार कैलालीको सामुदायिक वनमा झु ण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

पत्रकार निर्मला मृत फेला

उनको फेसबुकमा आफ्नो दुख तथा पीडाहरु पोख्ने गरेको पाईएको छ । उनले फेब्ररी २७ मा “कसैको प्रसंशा गर्नु छ भने समयमै गर्नुस मरेपछि त दुश्मनले पनि कठै भन्ने छ” भनेर लेखेकी छिन् । त्यस्तै जुन ८ मा पनि मार्मिक स्टाटस लेखेको छिन् । “मरेपछि त भित्ताको एउटै तस्बिरले युग बिताइदिन्छ, बाचुन्जेल हो कहिले काँहि फोटो बदल्ने !!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *