राजनीति१५ दिनभित्रै बाम एकता भएरै छाड्छ भन्दै बैंकक गए अाेली …

Uncategorized

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गरेका छन् । बैंकक प्रस्थान अघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले १५ दिनभित्रै बाम एकता भएरै छाड्ने बताएका छन् । बुधवार १:५५ बजे थाई एयरवेजको नियमित उडानबाट बैंकक प्रस्थान गरेका उनले वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।

ओली सोमबार काठमाडौँ फर्कनेछन्। एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली बेला-बेलामा उपचारका लागि बैंकक पुग्ने गरेका छन् ।

मिर्गौला फेरेपछि रोगप्रतिरोधी क्षमता कमजोर भएर उनलाई बेलाबखत फंगस इन्फेक्सन भएर हत्केला सुन्निने समस्या पनि देखिने गरेको छ । केही दिन अघि पनि पखाला लागेर पाँच दिन थलिएर घरमै बसेकाे थिए ।
साभार : bigulnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *