साउदी अरबमा कोरोना भाइरसले दियो झड्का : नेपालीलाई थपियो टेन्सन

समाचार

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को नराम्रो असर खाडी देशहरुले पनि भोग्दै आएका छन् । यहीबीचमा साउदी अरेबियालाई भाइरले फेरी नयाँ झड्का दिएको छ । जसले त्यहाँ रहेका नेपालीलाईपनि थप जोखिममा पारेको छ ।

 

 

साउदीको स्वास्थ्य मन्त्रालयले बुधवार भन्यो कि साउदी अरेबियामा गत २४ घण्टामा ६२१ नयाँ कोरोनोभाइरसका बिरामी फेला परेको बताएको छ । यो सँगै कुल संक्रमितहरुको संख्या ३ लाख २७ हजार ५५१ पुगेको छ । अर्कोतिर ३ लाख ६ हजार चार जना निको पनि भैसकेका छन् ।

 

साउदीमा अहिलेसम्म ४ हजार ३६९ जनाको मृत्यु भैसकेको छ । गएको २४ घण्टामा मात्रै थप ३१ जनाको मृत्यु भएको हो । यहाँ अहिले १७ हजार १७८ सक्रिय संक्रमित छन् जस मध्ये १ हजार २३८ गम्भीर अवस्थामा छन् । जनबोलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *