बिजुलीको पोलबाट खसेर विद्युत प्राधिकरणका कर्मचारी शर्माको मृत्यु

समाचार

पर्वत– पर्वतमा बिजुलीको पोलबाट खसरे विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–१ रामरेखाका ३५ वर्षीय भोलाराम शर्मा रहेका छन् । सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि काम गरिरहेका बेला उनी पोलबाट खसेका थिए । खसेर ढुंगामा बजारिएका उनलाई उपचारका लागि पर्वत अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । शर्मा नेपाल विद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। आइतबार रातीको अविरल वर्षापछि सदरमुकाम कुश्माका विभिन्न ठाउँमा विद्युतका पोल तथा तारमा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *