नारायणगढ–मुग्लिन सडक दुर्घटनामा घाइते चालकको मृत्यु

समाचार

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुल नजिकै ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरेपुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार ४ जना घाइते भएका थिए।

घाइते ६ जनामध्ये ना ४ ख ८०११ नम्बरको ट्रकका चालक बारा प्रवानिपुर-२ बस्ने २८ वर्षीय अजय शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अन्य ५ जनाको उपचार भइरहेको छ।

दुर्घटनापछि अवरूद्ध भएको राजमार्ग ट्रकलाई पन्छाएर खुलाइएको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *