अत्यन्तै दुःखद खबर: बिहे गरेको २ मैहिना नपुग्दै निष्ठुरी दैबले टपक्क टिपेर लाग्यो, माइत आउँछु भनेर आमालाई फोन गरेकी छोरीको मृत्यु (भिडियो हेर्नुस्)

भिडियो

काठमाडै । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भए पछि माइती पक्षले घटना छानविनको माग गरेका छन् । युवतीको घर तर्फका परिवारले उनले देह त्याग गरेको बताएका छन् भने माइतीले त्यो कुरा मान्न तयार छैनन् ।

असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएु पछि माइती पक्षले छानविनको माग गरेका छन् । छोरीले सोही दिन आमालाई फोन गरेर आफु माइत आउन चाहेको बताएकी थिइन् । आमाले भनिन्, छोरीले फोन गरेर म आउँछु आमा भनि, मैले आइज नत भनेँ । उनले म देवरलाई लिएर आउँछु भनेर भनेकी थिई तर अचानक यस्तो घटना सुन्नु पर्यो । उनले छोरीको निधनका बारेमा उनका ससुरा र परिवारका सदस्यले शंस्कास्पद कुरा गरेको बताएका छन् ।

घटना भइसकेपछि पनि आफुहरुलाई त्यसबारे तत्काल जानकारी नदिएको उनीहरुको भनाई छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि माइतीलाई खबर नगरेको उनीहरुले बताएका छन् । युवतीका श्रमिान सिंगापुरमै छन् । श्रीमतीको निधनको खबर सिंगापुर भएका ज्वाईले पनि नदिएको माइतीले बताएका छन् । एक जना आफन्तलाई त्यसबारे जानकारी दिएपछि मात्र माइती घरमा पुगेका थिए ।

युवती र युवकको एक अर्कामा प्रेम भएका कारण परिवारको राजिखुसीमै मागेर विवाह भएको थियो । तर विवाह भएको केही दिन पछि नै श्रीमानले श्रीमतीलाई अब तिमीसंग संगै बस्न सक्दिन सम्बन्ध विच्छेद गरौं भन्दै सिंगापुरवाट फोन र म्यासेजमा भन्न थाले । यता परिवारमा पनि अमाजुले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर भन्दै दवाव दिएको माइती पक्षको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *