ललितपुरका सीडीओ भन्छन् : उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ

समाचार

२१ भदौ, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका छन् ।

तिजको बेलामा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण धेरै फैलिन नपाएको उनले बताए । ‘आदेश जारी नभएको भए बृद्धिद्धर व्यापक भएर जान्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ’ उनले भने, ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि यसलाई दशैंसम्म राख्नुपर्छ होला ।’

ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको प्रजिअ भट्टले बताए । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा भने समस्या आउन सक्ने उनले अनुमान गरे । अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *