काठमाडौ । निजगढ नगरपालिकाको ग्रामिण भेगमा रहेको एक स्वास्थ्यचौकीमा कार्यरत प्रमोद शाह, (स्वास्थ्य सहायक) ले उपचारका लागि स्वास्थ्य चौकी आएकी महिलालाई गलत काम गरेका कारण अहिले प्रहरी हिरासतमा छन् । इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।
एक जना महिला गर्भवती थिइन् । तर उनको बच्चा खेर गयो । त्यसपछि उनी उपचारका लागि स्वास्थ्य चौकी गइन् । आफ्नो सानिमासंग स्वास्थ्य चौकी गएकी थिइन् । अघिल्लो दिन उपचारका लागि जाँदा स्वास्थ्यकर्मीले आज समय छैन भोली आउनु भनेर भनेर पठाए । भोलीपल्ट उनी फेरी सानिमालाई लिएर गइन् ।
स्वास्थ्य चौकीमा उनको उपचार सुरु भयो । उनलाई स्वास्थ्यकर्मीले सलाइन् दिए । त्यतीनैबेला उनी निदाइन । उनीसंगै गएकी सानिमा पनि घरमा एउटा सानो काम गर्न बाँकी रहेका कारण ति युवतीलाई स्वास्थ्य चौकीमै छोडेर घर आइन् ।
भिडियो हेर्नुहोस।