काठमाडौँ – ललितपुर चापागाउँमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। चापागाउँ मुलडोल स्थित एक महिला शनिबार बिहान मृत अवस्थामा फेला परेका परेकी हुन्।
मृत फेला पर्नेमा ३९ वर्षीया गीता केसी रहेकी छन्। उनी अल्का अस्पतालमा कार्यरत रहेको थाहा हुन आएको छ। प्रहरीले डग स्कुलबाट मगाएका दुई कुकुरले उनको ‘ह्यान्ड ब्याग’ फेला पारेको र त्यसमा अल्का अस्पतालको आइडी कार्ड फेला परेको प्रहरीको भनाई छ।
मुख्य सडकबाट करिब २ किलोमिटर भित्र जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेकी महिलाको अनुहार छिया-छिया पारिएको पाइएको प्रहरीको भनाई छ। विगुलन्युजबाट