कोरोना माहामारीको बेला सडकमा रहेका जनतालाई पल शाहले खुवाए मीठो खाना

समाज

काठमाडौं, २० भाद्र / कोरोना महामारीले यतिबेला धेरैको जनजीवन प्रभावित बनेको छ । उपत्यका लगायत देशका विभिन्न स्थानमा सरकारले निषेधाज्ञा जारी गरेपछि दैनिक ज्याला मजदुरी गर्नेहरु भोकभोकै दिन कटाउन बाध्य बनेका छन् ।

अभिनेता पल शाहलाई भने लकडाउनमा भ्याइनभ्याई छ । बन्दाबन्दी खुकुलो भएसँगै केही म्युजिक भिडियोमा देखिएका शाह यतिबेला भने भोका पेटहरुलाई खाना खुवाउनमा व्यस्त छन् ।

त्यस्तै शनिबार राजधानीको सडकमा भोका रहेका जनतालाई पल शाहले आफ्नै हातले खाना बाडेका छन् ।सामाजिक सक्रिय शाहले यसअघि चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको राहत सहयोग गरेका थिए भने केहिसमय अगाडि कैलाली पुगेर बाढी पहिरो पीडितलाई सहयोग गरेर फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *