यि हुन चार सन्तानलाई एक साथ जन्म दिएर २२ वर्षकै उमेरमा ज्यान गुमाउने आमा

समाचार

जनकपुर -जनकपुरमा ४ बच्चा जन्माएकी आमाको निधन भएको छ । मंगलबार चार बच्चा जन्माएकी २२ वर्षीया अरमाना खातुनको बुधबार दिउँसो मृत्यु भएको हो । उनले जनकपुरधामस्थित एक नीजि अस्पतालमा शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् ।

एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै गम्भिर रहेको थियो । चारवटै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *