हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र भन्दै कोरोनासँग जुधिरहेका डाक्टर भोला रिजालले लेखे यस्तो मार्मिक स्टाटस

समाचार

काठमाडौँ । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमणको पुष्टि भएको आज ३ दिन भएको छ । पत्नि सरला सहित संक्रमित बनेर ह्याम्स अस्पतालको आइसोलेसनमा उपचाररत डा रिजालले अस्पतालबाट नै सामाजिक संजालमा भावुक बनाउने स्टाटस पोष्ट गरेका छन् । संक्रमणको पुष्टि भएका दिन फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण हुनु सामान्य कुरा भएको प्रतिक्रिया दिएका डाक्टर रिजालले फेरी सामाजिक संजालमा स्टाटस लेख्दै हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र भनी लेखेका छन् । डा रिजालले पोष्ट गरेको स्टाटस जस्ताको त्यस्तै

म एउटा स्वास्थ्यकर्मी । हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र १ हामी आफू मात्र होइन, हामीबाट हाम्रो परिवारसमेत उतिक्कै जोखिममा रहन्छन्।

हामी दुबै आज कोरोना संक्रमित भएका छौं, तर थोरै पनि भयभित छैनौ । यो हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऊँ। संक्रमितहरुको मनोबलका साथै स्वास्थकर्मी
जो आफ्नो जीवन राष्ट्का लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ।

हामीलाई आशिर्वाद, स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुहुने सबैलाई धन्यबाद भन्दै अग्रपंक्तिमा हुनु हुने सबैले उच्च मनोबलका साथ काममा हौसला मिलोसु हाम्रो शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *