भोजपुरका राईको जापानमा निधन

समाचार

टोकियो। रोजगारी सिलसिलामा जापानमा रहेको भोजपुरका ३८ बर्षीया आइन्द्र राईको निधन भएको छ ।

राजधानी टोकियोको सुगिनामीमा सपरिवार बस्दै आएका राईको उपचारको क्रममा निधन भएको हो । वहाँ केही समय यता कलेजोको रोगबाट ग्रसित भइ सोगोउ ब्योइन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

राईका श्रीमति र दुई छोरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *