रक्तदान गरेर घर फर्किएका काठमाडौँका यि वडाअध्यक्षलाई नै कोरोना लागेपछि

समाचार

काठमाडौं । नेपालमा कोरोना संक्रमण समुदायस्तरमा नै फैलिइसकेका बेला थप सर्तकता अपनाउन आवश्यक रहेको छ । पछिल्ला दिनमा कामठाडौँ उपत्यका लगायतका ठूला शहरमा निषेधाज्ञा जारी गरिएको भएता पनि संक्रमणको दर उच्च बन्दै गएको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाको त्रास बढीरहेका बेला रगतको पनि अभाव भएको भन्दै ब्लड बैँक र अस्पतालले लागातार ताकेता गरिरहेका बेला रक्तदान कार्यक्रममा सहभागी भएका एक वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित हुनमो नागार्जुन नगरपालिका वडा नं। ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकी रहेका छन् । वडाअध्यक्ष बुढाथोकीलाई संक्रमण्को पुष्टि भए लगत्तै नगरपालिकाले सूचना जारी गरी वडाध्यक्षसँग सम्पर्कमा आएका नगरवासीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

भदौ १६ गते ९मंगलबार० रक्तदान कार्यक्रम आयोजना गरिएको र सोही कार्यक्रममा बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिहरु गरेर ८० जनाले रक्तदान कार्यक्रममा सहभागीता भएको र सोही दिन आएको उनको पिसिआर परिक्षणको नतिजामा कोरोना पोजेटिभ भएको पाइएको नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् । अहिले नगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधिहरु पनि होम क्वारेन्टाइनमा बसेको उपप्रमुख अधिकारीले बताइन् । ओेएस नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *