सातवटा अस्पताल चहार्दा चहार्दै बिरामीको मृत्यु

समाचार

विराटनगर : निजी अस्पतालको लापरवाहीले मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की एक महिलाको मृ,त्यु भएको छ। ६२ वर्षीया वृद्धा महिला सानकुमारी राईको मोरङ र झापाका सात वटा अस्पताल चहार्दा चहार्दै बिहीबार बिहान मृ,त्यु भएको हो। पुगे जति सबै अस्पतालले भर्ना र उपचार अस्वीकार गर्दा समयमा उपचार नपाएर उनको मृ,त्यु भएको परिवारका सदस्यले जनाएका छन्।

एक्कासी पिसाब ब’न्द भएपछि उनलाई उपचारका लागि सुरुमा बुधबारराति पथरीकै मोरङ डाइग्नोष्टिक सेन्टर लगिएको थियो। पिसाब ब’न्द भएकोबाहेक आमामा स्वास्थ्य सम्बन्धी कुनै समस्या नरहेको छोरी मेनुकाले बताइन्। मोरङ डाइग्नोष्टिक सेन्टरले स्थानीय स्तर मा उपचार सम्भव नहुने जवाफ दिँदै तत्काल सानकुमारीलाई थप उपचारका लागि झापाको बिर्तामोड स्थित बीएण्डसी अस्पताल रेफर गर्‍यो।

एम्बुलेन्समा राखेर लगिएकी उनलाई बीएण्डसीले उपचार गर्न असमर्थ रहेको बताएपछि परिवारका सदस्यले मध्यरातमा विराटनगर ल्याएका थिए। मोरङ डाइग्नोष्टिक सेन्टर र बीएण्डसी हुँदै उनलाई विराट शिक्षण अस्पताल, विराट नर्सिङहोम एवं विराटनगर अस्पताल गोल्डेन, नोबेल शिक्षण अस्पताल पुर्‍याइयो। तर को’रोना भाइरस संक्रमणको आशंकामा सबै अस्पतालले उनको उपचार गर्न अस्वीकार गरे।

उनको उपचारका लागि निजी अस्पतालका कुनै पनि गेट खुलेनन्। पुर्‍याइएका सबै अस्पतालले उनका आफन्तसँग कोरोनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमाण खो जे। तर को’रोना परीक्षण नै नगरेका कारण उनीहरुले प्रमाण दिन सकेनन्। त्यसपछि अस्पतालहरुले बिरामी अवस्थाकी सानकुमारीलाई गेटबाटै फर्काउँदै पठाउन थाले। कुनै अस्पतालले बिरामी लिनै मानेनन्। नर्सको आ’न्दोलनका कारण आकस्मिक सेवा ब’न्द भएको बहाना बनाउँदै नोबेलले पनि बाटैबाट फर्काइदियो।

बेलुका पिसाब बन्द हुँदासम्म सामान्य अवस्थाकी बिरामीको स्वास्थ्य ८ बजेबाट रातभर अस्पताल डुलाउँदै डुलाउँदै बिग्रिएर अ’न्तिम बनिसकेको थियो । सबै अस्पताल डुलाउँदा डुलाउँदै अन्तिम अवस्थामा उनलाई बिहीबार बिहान लगभग ४ बजेतिर कोशी अस्पताल पुर्‍याइयो। सातौं अस्पतालको पालामा कोशी पुर्‍याइएकी उनले त्यहाँ लगेको लगभग एकघण्टापछि सधैंका लागि प्रा’ण त्यागिन्। एम्बुलेन्सबाट निकालेर कोशीमा चिकित्सकले आकस्मिक (इमरजेन्सी)मा नराखिकन आइसोलेसनमा भर्ना गरिदिए। अन्नपुर्ण पोस्ट मा किशोर बुढाथोकीले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *