गीतकार युवराज अधिकारीकी आमाको निधन

समाचार

अक्षता र जमरामा आमाबाबु देख्छु
एक्लै बसी आँसु झार्दै तस्बिर पल्टाइ हेर्छु
दिदीबहिनी दाजुभाइ भेला भए होलान्
आज धेरै टाढा छु म सम्झी रोए होलान्

यस्ता मर्मस्पर्शी गीतका स्रस्टा साहित्यकार युवराज अधिकारीकी आमा इन्दिरादेवी अधिकारीको ८५ वर्षको उमेरमा गत आइतबार झापामा निधन भएको छ। इलामको सूर्योदय नगरपालिका आइतबारे निवासी अधिकारीको झापा बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उहाँका पाँच छोरा र चार छोरीमध्ये युवराज एक हुन्। युवराजका पिता गोपीनाथ अधिकारीको २६ वर्षअघि नै निधन भएको थियो।

गीतकार संघ नेपालका आजीवन सदस्य अधिकारीको गीतिसंग्रह ‘देउरालीको फूल’ प्रकाशित छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्यसमेत रहेका अधिकारीका रचना गोरखापत्र, मधुपर्कलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् भने रेडियो नेपालबाट पनि उनका गीतहरु बज्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *