देशमा अन्धकार ल्याउनेहरु धेरैछन्, उज्यालो ल्याउनेलाई सम्मान गरौं : हरिवंश आचार्य

राष्ट्रिय

काठमाडौं ०९ भदौ  विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिन लागेको खबरले यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।

प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै देशमा लोडसेडिङ मुक्त भएपछि फेरि अर्को ४ बर्षे कार्यकालका लागि घिसिङलाई नियुक्त गर्नुपर्ने माग भइरहेको छ । यसै बिषयमा वरिष्ठ हाँस्यकलाकार तथा लेखक हरिवंश आचार्यले फेसबुकमा यस्तो लेख्नु भएको छ :

यो देशमा अन्धकार ल्याऊनेहरु  धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ | ऊज्यालो ल्याउनेलाई  सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ ।

२०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल भदौ २९ गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *