दु:खत खबर: अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

Uncategorized

सिड्नी । अष्ट्रेलियाको प्रमुख व्यापारिक शहर सिड्नीमा गएको ७ दिनको अवधिमा ३ नेपालीको मृत्यु भएको छ । बुधबार मात्रै अबर्नमा बस्दै आएकी २३ वर्षिया अस्मिता रिजाल सोमबार मृत अवस्थामा भेटिएकी हुन् ।

उनको शब पोष्टमार्टमका लागि राखिएको छ । उनको मृत्युको कारणबारे प्रहरीले केही खुलाइएको छैन । उनले आत्महत्या गरेको या मृत्यु भएको भन्ने तथ्य पोष्टमार्टमको रिपोर्ट सार्वजनिक भएपछि मात्रै थाहा हुने स्थानीय प्रहरीलाई उद्घृत गर्दै क्यानबेरास्थित नेपाली दुतावासले जनाएको छ ।
अस्मिता सिड्नीस्थित इलाइट कलेजमा डिप्लोमा इन बिजनेश अध्ययनरत थिईन् । उनी करिब ४ वर्षअघि अध्ययनका क्रममा अष्ट्रेलिया आएकी थिईन् । उनको घर काठमाडौंको बबरमहल रहेको बताइएको छ ।
यसअघि अर्की एक महिलाले आत्महत्या गरेकी थिईन् । सिड्नी बस्दै आएकी एक नेपाली महिलाले आत्महत्या गरेको अघिल्लो शुक्रबार औपचारिक पुष्टि भएको थियो । उनको शुक्रबार दाहासंस्कार हुँदैछ ।
त्यस्तै करिब एक हप्ता अघि आफ्नो छोरासँग अष्ट्रेलिया आएकी नेपाली अभिभावकको विमानस्थल ओलर्ने वित्तिकै मृत्यु भएको थियो । ती अभिभावकको शब पनि नेपाल लैजाने तयारी भइरहेको छ ।
-नेपाली पत्रको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *