अफ्रिकी देश घानामा पनि गणेश चतुर्थी मनाइयो

धर्मदर्शन

आक्रा : हिन्दू समुदायको एक महत्वपूर्ण चाड गणेश चतुर्थी यही शनिबार मनाइयो । खासगरी भारत र नेपालका अधिकांश स्थानमा यो चाड लोकप्रिय मानिन्छ । त्यसो त, हिन्दू वाहुल्य समाजमा यस्तो चाड मनाइनु स्वभाविक र सामान्य नै हो ।

तर अफ्रिकी देश घानाका आदिवासीहरुले पनि गणेश चतुर्थी पर्व भव्य रुपमा मनाए । सयौँको भीडले पूजा आराधना, भजन किर्तन गर्दै गणेशको मूर्तिलाई ढोगेको र मूर्तिलाई समुद्रमा लगेर सेलाएको दृश्य देख्दा यो भारतको कुनै गाउँ झैँ लाग्थ्यो ।

तर ती अफ्रिकी आदिवासीहरुले केही दशकयता यस्तै हिन्दू चाड यसै गरी मनाउन थालेका हुन् । उनीहरु भारत वा नेपालको झैँ चार दिनसम्म मनाउछन् । तेस्रो दिन मूर्तिलाई समुद्रमा लगेर सेलाउने गर्छन् ।

घानामा यो चाड १९४७ मा भारतीय व्यापारीहरुले सुरु गरेको बताइन्छ । त्यसबेला देखि नै स्थानीय अफ्रिकीहरुले पनि धर्म परिवर्तन गर्दै हिन्दू बनेका थिए । गणेश चतुर्थीको समापनका बेला भने थुप्रै भारतीय मूलका हिन्दूहरुको पनि ठूलो सहभागिता थियो ।

यस पर्वलाई उनीहरु विनायक चतुर्थी पनि भन्छन् । यसरी गणेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास उनीहरुको छ । तर सरकारले भने हिन्दू समुदायमाथि चर्को कर लगायत प्रशासनिक उल्झनले कडाइ गर्ने गरेको छ । मन्दिर बनाउन र यस्ता धार्मिक कार्यक्रम आयोजना गर्न लामो र झन्झटिलो सरकारी प्रक्रिया पार गर्नुपर्ने स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *