ऐश्वर्या रायको छोरा हुँ भन्ने संगीथ कुमार भन्छन्- ऐश्वर्याको जवाफ नलिई घर फर्किन्न

Uncategorized

भारत आंध्रप्रदेशका संगीथ कुमारले आफुलाई ऐश्वर्या रायको छोरा भएको र ऐश्वर्या उनको आमा भएको दावी गरेका छन् । २७ वर्षीय संगीथ कुमारले आफु जव सम्म ऐश्वर्याबाट सही जवाफ पाउँदैंनन् तव सम्म बिशाखापट्नम स्थीत घर नजाने बताएका छन् ।

यतीखेर उनी आफ्नो मोबाईलमा ऐश्वर्याको फोटो लिएर घुमी रहेका छन् उनी भन्दैछन् कि उनी बच्चा हँुदा देखी एंश्वर्या सँग टाढा हुनुपरेको महशुस गरीरहेको र यदी कसैले उनलाई ऐश्वर्याको नम्वर दिए सीधै आफु कुरा गरेर जवाफ माग्ने बताउँदै आईरहेका छन् ।

संगीथको भनाई अनुसार ऐश्‍वर्या रायले उनलाई सन् १९८८ मा  ऐश्‍वर्या रायले  लण्डनमा जन्म दिएकी  थिईन  र जन्म भएलगत्तै उनको परिवारका कारण ऐश्वर्याबाट अलग गराईएको थियो ।यती मात्र नभई संगीथ यो पनि दावी गर्छन कि अहिले ऐश्वर्या र अभिशेक बच्चन बिच राम्रो सम्बन्ध छैन त्यसकारण पनि उनी चाहनछन् कि बर्सौं देखि टाढिएकी  आफ्नो आमा  ऐश्वर्या  अव  उनी सँग बैंगलोरमा  बसुन् ।

 

संगीथको जे जस्तो भनाई आएपनि बच्चन परीवार तथा ऐश्वर्या स्वयं बाट भने कुनै प्रतिक्रिया  आएका छैन जवकि केही दिन अघि मात्र ऐश्वर्या आफ्नी छोरी आराध्याको स्कुलको एक कार्यक्रममा देखीएकी थिईन् ।

आश्चर्य कुरा के भने उनले भने अनुसार उनलाई जन्म दिने ऐश्‍वर्या राय १९८८मा  जम्मा १४ बर्सकी मात्र हुन्छिन ।यो असम्भव देखिएपनि उनि भने ऐश्‍वर्या नै आफ्नी आमा भएको र सहि जवाफ आउनै पर्ने रटान लगाइरहेछन् ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *