कोरोनाको नयाँ रूप : भारतबाट मलेसिया पुगेका व्यापारीमा १० गुणा प्राणघातक भाइरस

समाचार

नयाँदिल्ली : मलेसियामा कोरोना भाइरसको यस्तो रूप (स्ट्रेन) भेटिएको छ जुन अहिलेको भन्दा १० गुणा धेरै खतरनाक पाइएको छ। यसको नाम डी६१४जी राखिएको छ। यो खतरनाक भाइरस सन् २०२० जुलाईमा पहिलो पटक भेटिएको थियो।

कोरोनाको यो स्ट्रेन ४५ जनाको समूहमध्ये तीनजनामा पाइएको हो। यो भाइरस भारतबाट फर्किएका एक रेस्टुरेन्ट मालिकमार्फत फैलिएको हो। उनी लामो यात्रा गरेर पनि १४ क्‍वारेन्टाइनमा नबसेर घुमिरहेका थिए।

यसरी खतरनाक भाइरस फैलाएको पाइएपछि उनलाई ५ महिनासम्मको जेल र जरिवाना सुनाइएको छ। भाइरसको यही स्ट्रेन फिलिपिन्सबाट फर्किएका मानिसहरुको समूहमा पनि पाइएको छ।

मलेसियामा डाइरेक्टर-जनरल हेल्थ नुर हिशाम अब्दुल्लाका अनुसार कोरोनाका जति पनि स्ट्रेन आइरहेका छन् तिनले कुनै न कुनै अर्थ बोकेका हुन्छन्। कोरोनाले आफ्नो रुप बदलिरहेको हुन्छ। यसको केही असर भ्याक्सिनको क्षमतामा पनि पर्छ।

विश्‍व स्वास्थ्य संगठनका अनुसार कोरोनाको स्ट्रेनमा परिवर्तन सबैभन्दा धेरै युरोप र अमेरिकामा पाइएको छ। तर त्यहाँको स्ट्रेन अधिक खतरनाक साबित भएको थिएन। सेल प्रेस जर्नलमा प्रकाशित शोध अनुसार कोरोनाको यस्तो रुपले भ्याक्सिनको क्षमतामा धेरै गम्भीर असर पार्न सक्ने आशंका गरिएको छ।

डाइरेक्टर-जनरल हेल्थ नुर हिशाम अब्दुल्लाका अनुसार कोरोनाको यो खतरनाक स्ट्रेन मलेसियामा पाइएकाले मानिसले एकदमै चनाखो र सावधानी हुन आवश्यक छ। उनले कोरोनाको यस खतरनाक परिवर्तनलाई तोड्न मानिसको सहयोगको जरूरी रहेको पनि बताएका छन्।

विश्‍वका अन्य देशको तुलनामा कोरोना फैलिन नदिन मलेसियाले धेरै राम्रो काम गरेको छ। २८ जुलाईदेखि अहिलेसम्म मलेसियामा केबल २६ नयाँ केस देखिएका छन्। नयाँ खतरनाक स्ट्रेन मिलेपछि यहाँका मानिसलाई मलेसिया सरकारले सर्तक गराएको छ। थाहाँखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *