एजेन्सी – ५ वर्षकी बालिकाको मुटु बाहिर छ र पनि उनी सामान्य दिन बिताइरहेकी छिन् । वेरसाविया नामकी बच्ची को मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो ।मुटु बाहिर निस्केको देखेर अरुलाई डर लागेपनि उनले भने सहजै हिडीरहेकी हुन्छिन् ।
रुसबाट आफ्नो नानीको उप चार को लागि बाबुआमा अमेरिका पुगेका छन् ।डाक्टरहरु बाहिर निस्केको मुटुको सर्जरी गर्नलाई तत्काल नमानेपनि तयारी अवस्थामा बस्न र २ वर्षपछि गर्ने सल्लाह दिएका छन् ।
जन्मजात नै बिरामी नानीको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ । डाक्टरले १ मिलियनमा ५ जनामा हुनसक्ने यो समस्या बताउदै भनेका छन् वेरसाविया भाग्यशाली बच्ची हुन् र उनको उपचार हुने निस्चित छ ।