रुसमा बनेको कोरोना भ्याक्सिन लिएपछि २ वर्षसम्म कोरोना भाइरसबाट ढुक्क हुन सकिने

समाचार

एजेन्सी-रुसले मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको छ । यो महिनाको अन्तिमबाट प्रयोगमा आउने गरी रुसले उत्पादन सुरु गरिसकेको जनाएको छ । यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।

पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दाबी गरेका थिए । तर यहि बिच केही स्वास्थ अधिकारीले यो भ्याक्सिनलाई लिएर चिन्ता र शंका व्यक्त गरेका छन् । यसैबीच रुसी एक अधिकारीले यो भ्याक्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् । उनले भ्याक्सिन लिएपछि २ वर्षसम्म कोरोना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् ।

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे अमेरिकी राष्ट्रपति ट्रम्पले पनि रुसले बनाएको भ्याक्सिनमा आफु विश्वस्त रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *