ठगीको आरोपमा पक्राउ परेका साम्रज्ञीको प्रेमी खड्का अझैपनि जेलमै,३ वर्ष सम्म थुनामा हुन सक्ने

Uncategorized

काठमाडौं । नेपाली फिल्म उद्योगकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमी मयंक खड्का भनिने महेश खड्कालाई प्रहरीले केही साताअघि हिरासतमा लिएको थियो ।

डेजाभु कल्वका मालिक समेत रहेका साम्राज्ञीका प्रेमी अर्थात मयंकको सो क्लबमा भएको तोडफोड र ठगी मुद्धा अनुसन्धानका लागि उनलाई प्रहरीले प्रक्राउ गरेको थियो ।

खड्का लगायत आयोजक र क्रिकेटर पृथुमाथि ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरिएको छ ।

उनी लगायत कार्यक्रम आयोजकले मंसिर २७ दरबारमार्गको डेजाभु कल्वमा अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई नेपालमा बोलाएर केटिएम लाईभ इन्टरटेन्मेन्ट र सिक्स वन लाइभले डेजाभुमा वुधबार बेलुका टिकट विक्री गरी कार्यक्रम राखेका थिए ।

तर कार्यक्रममा डिजे मार्सेमेलो उपस्थित भएनन् । डिजे उपस्थित नभएपछि कार्यक्रममा सहभागि दर्शकले तोडफोड गरेका थिए । कार्यक्रममा डिजे उपस्थित हुन नसकेपछि दर्शकको टिकटको पैसा फिर्ता नदिइ ठगी गरेको आरोपमा अनुसन्धानका लागि उनीहरुलाई प्रक्राउ गरिएको थियो ।

मंसिर २८ गते प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ। ( स्रोत : न्यूज२४ नेपाल )

Leave a Reply

Your email address will not be published. Required fields are marked *