प्रदेश १ का संसद कुशुम श्रेष्ठलाई कारोना संक्रमण पुष्टि

स्वास्थ्य

इटहरी / प्रदेश १ का प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोट अनुसार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन २४ गते श्रीमानसहित उनको स्वाब धरानमा लिइएको थियो । श्रेष्ठ दम्पतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ तर उनीहरुको गाडीका चालकको रिपोर्ट भने नेगेटिभ आएको छ । दुई छोरीको पनि आज स्वाब संकलनको तयारी छ । दुबै छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

कोरानो संक्रमण पुष्टि भएको कुसुमले बुधबार साढे ११ बजे सामाजिक संञ्जालमार्फत जानकारी गराएकी छिन् । ‘कोभिडि १९ महामामारीबाट अछुत रहन सकिन् । २४ साउनमा परीक्षण गर्न दिएको स्वाबको रिपोट आज आयो । नयन जि र म सँग एक हप्ता भित्र सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभाव सेचत र सजग रहनुहोला,’ उनले फेशबुकमा स्टाटसमा लेखेकि छिन् ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आएकी छिन् । प्रदेशसभामा सदस्यमा कोरोना संक्रमण देखिएको पहिलो घटना हो । यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उजको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो । सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *