कान्तिपुरका सहायक सम्पादक बानियाँको शव मकवानपुरमा भेटियो

समाचार

काठमाण्डौ – दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको हो । उहाँको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । उहाँ पछिल्लो पटक काठमाण्डौको बल्खुचोकमा देखिनुभएको थियो । बल्खु खोलामा हाम फालेपछि बानियाँलाई प्रत्यक्षदर्शीले उद्धारको प्रयास गरे पनि त्यो सम्भव नभएको पाइएको प्रहरीले जनाएको छ ।

बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *