मरेकी श्रीमतीलाई सम्झिदै रुन्छन् मदनकृष्ण, भन्छन् “श्रीमतीको जीवन लम्ब्याउन ६ बर्ष ब्रत बसेँ, तर सकेन बचाउन”

समाज

काठमाडौं। क्या’न्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्या’न्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको म’नोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ। वि’गतमा बच्चाहरुका लागि र्याम्प शो, ब’ष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्’सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो।

इच्छा भए उपाय अनेक भनेझैं देशनै कोरोनाको क्यान्’सर सपोर्ट ग्रुपकी श्रेष्ठ र नेपाल क्या’न्सर अस्पतालका अध्यक्ष प्रा.सुधिर श्रेष्ठले क्या’न्सर जितेका बि’रामीहरुको स’कृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताइन्।

कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ सम्मलाई से’लिब्रे’टी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गरे। उनले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लो’केश्वरी शाक्य, गिता चित्रकार भएको उद्घो’ष गरे।नेपाल समाचारपत्रमा खबर छ । सोही अवसरमा बरिष्ठ कलाकार श्रेष्ठले आफूले पहिला लेखेका गितहरु तिमी जुन जस्तै लाग्छ भन्ने बोलको गित आज आफ्नै जीवनमा त्यस्तै भोगेको छु भन्दै निकै दुःखी भए। उनले विजेताको नाम पढेर सुनाएसँगै हरेक शब्दमा श्रीमती बितेपछिको आफ्नो जीवन एक्लो र प्राय शून्य भएको सुनाए। महिलाहरुले श्रीमानको आ’युका लागि ब्रत बस्छन,मैले पनि मेरो श्रीमतीको जीव’न ब’चाउनका लागि ६ बर्ष ब्रत बसें।

यदि मैले मेरो श्रीमतीलाई बचाउन हरेक प्रयत्न गरेको थिइन र उनका नाममा ब्रत बसेको थिइन भने उनले मलाइ ६ वर्ष पहिला नै यो संसारमा एक्लो पारेर जाने थिइन्। श्रीमतीले छोडेर गएपछि दिमागै बन्द भए जस्तो भयो। पहिला कति नाच्ने, गाउँने, हास्ने, रमाउने, गित, व्यग्’य लेख्ने मान्छे आज तेसै तेसै हराएको छु । उनको मृत्’यु पछि उनैमा स’मपर्ण गरेर गित लेखेको छु।

अहिले पनि म श्रीमतीको सम्झनामा एकलै बसेर रुन्छु र मनलाई धोएर आफुलाई शान्त पार्छु श्रेष्ठले भन्नुभयो । क्या’न्सर जितेका १० जनाले आफ्नो अनुभव सहित जुमका माध्यमबाट कविता वाचन गरेर सुनाउनुका साथै आफ्ना भो’गाई पनि साटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *