सुटकेशभित्र भेटिएको शवको सनाखत हुन नसकेपछि प्रहरीले सार्वजिनक गर्यो मृतकको तस्वीर

समाचार

काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।

गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र शव भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको थियो । खबरसेन्टर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *