‘मैले कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेको छैन’

समाचार

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टिकरण दिनुभएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अर्यालले प्रष्टिकरण दिनुभएको हाे ।

मन्त्री अर्यालले आफूले त्यस क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताउनुभयो ।  ‘ मैले कहिल्यैपनि कहिं पनि लिम्पियाधुरा, कालापानी लिपुलेक नेपालको भूभाग होइन भनेको छैन’ उहाँले भन्नुभयो, ‘यो मन्त्रालयमा आइसकेपछि बरु हामी सित नभएका प्रमाणहरु कहाँ प्राप्त गर्न सकिन्छ त्यसको खोजि निति गर्ने प्रमाणहरु संकलन गर्ने र यथेस्ट प्रमाणहरु जुटाउने कुरामा मैले महत्वपूर्ण भूमिका खेलेको छु ।’

मन्त्री आर्यालले २०३२ सालनमा प्रकाशित गरिएको नेपालको नक्सा प्रचलनमा आएको र उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नरहेको तितो यथार्थ भएको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जहाँसम्म नक्साको कुरा हो ३२ सालको हामीले अहिले प्रचलनमा आएको नक्सा छ । त्यो नक्सामा छैन यो तितो सत्य हो । मैले नचाहेर पनि तितो सत्य यो दुनियाको अगाडि छर्लङ्ग भएको विषय हो ।’

राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार रहेको भन्दै कहिं कतै खुट्टा कमाउँछन कि भन्ने आशंका नगर्न समेत मन्त्री आर्यालले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *