अमेरिकामा अर्को वर्षसम्म अन्तर्राष्ट्रिय उडान नखुल्ने संकेत

समाचार

काठमाडौं। अमेरिकामा अर्को वर्ष अर्थात सन् २०२१ सम्म अन्तर्राष्ट्रिय उडान नखुल्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्थतन्त्र चलायमान बनाउन र कारोबार सुचारु गर्न प्रयासरत रहेका बेला देशका अर्थमन्त्रीले भने २०२० को बाँकी अवधिमा अन्तर्राष्ट्रिय उडान खुला गर्ने सम्भावना अनिश्चित रहेको बताएका छन् । अर्थमन्त्री स्टिभन नुसिनले अमेरिकीहरुलाई यस वर्ष घरेलु यात्रामा केन्द्रित हुन प्रोत्साहित गरेका छन् ।

सोमबार फक्स न्यूज नेटवर्ककी मारिया बार्टिरोमोको यो वर्ष अन्तर्राष्ट्रिय यात्रा खुला हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ दिँदै नुसिनले भने ‘अहिलेको स्थितिमा यो बताउन निकै कठिन छ ।’ नुसिनले सीमित अन्तर्राष्ट्रिय यात्राको लागि वैकल्पिक व्यवस्था भने गर्न सकिने बताए । व्यवसायिक व्यक्तिहरु, जसलाई अन्तर्राष्यिट्रय यात्रा गर्नेपर्ने हुन्छ, उनहिरुको लागि मात्र खुला गर्न सकिने उनले प्रस्ट पारे । मार्चको अन्त्यमा अमेरिका सरकारले अन्तर्राष्ट्रिय यात्रामा अहिलेसम्मकै उच्चतम चेतावनी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *