रुपन्देही र बाँकेका १–१ गरी थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

समाचार

काठमाडौं,१९ बैशाख । आजै थप दुई जनामा कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन् ।तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। हालसम्म १६ जना निको भए घर फर्किएका छन् । विराटनगरमा ३१,वीरगञ्जमा ८,भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *