गणेश
आज नेपाली पोशाक दिवस । विभिन्न कार्यक्रम गरी मनाईदैं छ । आजकै दिन नेपालमा ढाका टोपी दिवस पनि मनाउने गरिन्छ ।
नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पौष १७ गतेका दिन नेपाली पोशाक र अंग्रेजी नयाँ वर्षको दिन ढाका टोपी दिवस मनाउन थालिएको हो । अंग्रेजी नयाँ बर्षको दिन पारेर अन्तराष्ट्रिय जगतमा समेत जानकारी दिन भन्दै नेपाली ढाका टोपी र पोशाक दिवस मनाउन थालिएको हो ।
राजधानी लगायत देशका विभिन्न स्थानमा अंग्रेजी नयाँ बर्षको शुभारम्भमा नेपाली पोशाक दिवस मनाउने प्रचलन सुरु भएको छ । यस वर्ष पनि हाम्रो शान हाम्रो पहिचान ः नेपाली टोपी अभियान भन्ने नारा सहित टोपी दिवस मनाइदै छ ।
त्यसैगरी दौरा सुरुवाल र गुन्यू चोली र पटुकी सहित नेपाली पोशाक दिवस समेत यस वर्ष आजकै दिन मनाईदैं छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल, ढाका टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोसाकबाट खारेज राष्ट्रिय पोशाक र ढाका टोपी दिवश मनाउन थालिएको हो ।
Source : news24nepal