६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य

रोचक

काठमाडौं । विश्वका अधिकांश देशहरुले कोरोना भाइरसको महामारी फैलिनबाट रोक्नका लागि लकडाउन गरेका छन् । मानिसहरु घरमै कैद भएका छन् । यसैबीच प्रकृतिमा भने अनौठा कुराहरु देखिन थालेको छ ।

आकाशमा खगोलीय घटनाहरु पनि अनौठा र दुर्लभ देख्न पाईएको छ । प्रकृतिमा यस्तो अनौठो दृश्य भने मेक्सिकोमा देखिएको छ ।अल्कापुल्कोस्थित समुन्द्र तटमा नीलो रंगको समुन्द्री लहर देखिएको छ । यो दृश्यलाई दुर्लभ मानिएको छ ।मानिसहरुका लागि उत्सुकताको विषय बनिराख्ने उक्त दृश्य देखिएपछि मानिसहरु लालयित भएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो दृश्य ६० वर्षमा पहिलोपटक देखिएको हो । यो दृश्यले समुन्द्रको पानीमा प्रदूषणको कमी भएको अनुभूति गराउँदछ ।लकडाउनका कारण मानिसहरु घरमै कैद भएको कारणले प्रदूषणको स्तर कम भएको छ । परिणातः यो दृश्य देख्न पाईएको हो ।

यो एक अनौठो वैज्ञानिक घटना भएको कतिपय बुझाई रहेको छ । जसलाई बायोलुमनेस्सेन्ट भन्ने गरिन्छ । यसको मतलव कुनै जीवको शरीरबाट प्रकाश निस्किनु ।यो तब मात्र सम्भव हुन्छ,जब पूरा प्रदूषण मुक्त भएको छ । विशेषज्ञका अनुसार पानीमा माइक्रोओर्गेज्मको बायोकेमिल रिएक्शनका कारण यस्तो घटना भएको हो ।

प्रदूषणका कारण यस्ता प्राकृतिक घटनाहरु कमै देखिने विशेषज्ञहरुको बुझाई छ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *