रहेनन् बलिउड अभिनेता इरफान खान

समाचार

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो।

यो पनि पढ्नुहोस

मैले यहाँ के चाहिँ बिगारेँ ? तपाईंहरूको इच्छा छ भने राजनीतिमा आउँछु : सर्वेन्द्र खनाल

काठमाडाैं, १७ वैशाख । पूर्व प्रहरी महानिरिक्षक (आईजिपी) सर्वेन्द्र खनालले समाजवादी पार्टी नेपालका नेता तथ सांसद डा. सुरेन्द्र कुमार यादव काठमाडाैं आफ्नै खुशीले आउनु भएको बताउनुभएको छ ।

जनता समाजवादीले आफ्ना सांसद डा. यादवलाई सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनालले अपहरण गरेर जनकपुरबाट काठमाडाैंसम्म ल्याएकाे भनेर आरोप लगाउँदै आएकाे छ ।

उक्त आरोप लागिरहेकाे बेला न्युज २४ सँग कुरा गर्दै पूर्व आईजिपी खनालले भन्नुभयाे, ‘याे घटनाले म अचम्मित छु, चिन्तित पनि छु, दिउँसै रात पार्न सक्छन् भन्ने खालको सन्देश यहाँ दिइरहेका छन्, यस्ता मान्छेहरू देख्दा अचम्मित भएकाे छु ।’

पूर्व आईजिपी खनालले डा. यादव आफै काठमाडाैं आएको स्पष्ट पार्नुभयो । ‘यहाँ उहाँलाई जनकपुरबाट काठमाडाैं ल्याइयाे भन्ने छ, उहाँलाई यहाँ ल्याएको होइन, उहाँ आफै आउनुभएको हो,’ खनालले भन्नुभयाे, ‘यहाँ त लिन गयो रे, ल्यायो रे भन्ने छ, हामीले समाज कता लग्दै छाैँ भन्नेमा छक्क परेको छु ।’

पूर्व आईजिपी खनालले याे घटनामा आफू संलग्न नभएकाे पनि बताउनुभयाे । ‘म यो घटनामा संलग्न छुइनँ, म आफै बुझ्ने मान्छे हुँ,’ उहाँले भन्नुभयाे, ‘यस्तो नचाहिने घटना हुन्छ भनेर त कसैले सोच्दा पनि साेचेका थिएनन् ।’

खनालले अहिले आफू स्वतन्त्र भइसकेकाे र आफूले चाहेकाे मान्छेसँग भेट्न, बाेल्न पाउने अधिकार भएकाे पनि बताउनुभयाे । ‘म त रिटायर्ड भइसकेको मान्छे हुँ, सामन्य नागरिक हुँ, मलाई प्रहरीकै नजरमा हेरिराख्नु त मिलेन नि, प्रहरीका महानिरिक्षक त अहिले अर्कै छ,’ उहाँले भन्नुभयाे, ‘म रिटायर्ड भएको २ महिना भइसक्यो, किन यस्तो उथलपुथल ? मैले यहाँ के चाहिँ बिगारेँ ? कसैसँग कुरा गर्नै नपाउने ? कि त पूर्व प्रहरी महानिरिक्षकले कसैसँग बाेल्न पाउँदैन भनेर कानून बनाउनु पर्याे ।’

‘पूर्व प्रहरी महानिरिक्षक भएकै कारण आफूलाई मन लागेकाे मान्छेसँग बाेल्नै नपाउने ?’ भनेर प्रश्न गर्नुभयाे । ‘मैले मेरो राजनीतिक कुराहरु राख्नै नपाउने भन्ने छ र यहाँ ? यहाँ त त्यस्तै कुरा आयो,’ खनालले भन्नुभयाे, ‘पूर्व प्रहरी महानिरिक्षक भएकै कारण मैले मलाई मन लागेको मान्छेसँग भेट्न नपाउने ? बोल्न नपाउने ? एउटा नेपाली नागरिकलाई यसरी असामन्य बनाउने ? गलत प्रचार गर्न पाइन्छ ? किसान जी हाम्रो मान्य भए पनि उहाँ गाउँकै हुनुहुन्छ, हामी साथी हौँ ।’

जनकपुरबाट काठमाडाैंबाट आउँदा समाजवादी पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरिया भएकाे पनि खनालले बताउनुभयाे, ‘यहाँ अर्को कुरा आएको छैन, हामीसँग उमा शंकर अरगरिया पनि हुनुहुन्थ्याे, उहाँ पनि हामीसँगै जानुभएको थियो, सबैले अर्को पार्टीको मान्छेलाई ल्यायो भनिरहेका छन्, तर उहाँकै पार्टीकाे मान्छे उमा जी पनि त हुनुहुन्थ्याे,’ खनालले भन्नुभयाे, ‘उहाँहरुबीच कुराकानी भयो, समाजदारी भयो, त्यसपछि खुशीसाथ आउनुभएको हो ।’

पूर्व आईजिपी खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कुरा नगरेकाे र पूर्व प्रहरी महानिरिक्षकजस्ताे मान्छेले जथाभावी गर्नु नहुने पनि बताउनुभयाे ।

उहाँले आफूले पार्टी प्रवेश नगरेकाे तर राजनीतिमा आउन सक्ने पनि बताउनुभयो । ‘अब हामीले सर्वेन्द्र खनालाई राजनीतिमा देख्न सकिन्छ ?’ भन्ने प्रश्नमा खनालले भन्नुभयाे, ‘तपाईंहरुको इच्छा छ भने आउँछु, मेरो इच्छा पनि राजनीति चाहिँ राम्रो हुनुपर्छ भन्ने छ ।’

खनालले आफू अख्तियार प्रमुख हुने पक्षमा नरहेकाे पनि बताउनुभयाे , ‘यहाँ अख्तियार प्रमुख हुनको लागि पनि यस्तो काम गर्यो भनेर आइरहेको छ, कठै ! म त्यस्तो घटिया मान्छे हुँ ? यस्तो नचाहिने काम गर्ने ? सबैले त्यहि कुरा पत्याउँदै जानुभयो, त्यहिँ भर यस्ताे अचम्म हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *