पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित निर्माणाधीन माउण्टेन रिसोर्ट एण्ड स्पामा आज दुईजना मृत फेला परेका छन् ।
होटेलको निर्माणाधीन भवनको एक कोठामा दुई जना मृत र एकजना घाइते अवस्थामा फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
निर्माण कार्यमा मजदुरी गर्दै आएका व्यक्ति शनिबार राति सुतेको कोठामा नै मृत अवस्थामा देखिएपछि अन्य कामदारले आइतबार दिउँसो ४ बजे प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साभाार : News24nepal