ज्वरो आएर रूममै बसेका पराजुलीको अचानक निधन, आफ्नै जन्मदिनको दिन आफन्तले दिएको शुभकामना पनि पढ्न पाएनन् !

समाचार

काठमाडौं । बैदेशिक रोजगारीको लागि ९ बर्ष अघि युएई आएका एक नेपालीको निधन भएको छ। ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ्का दिपक पराजुलीको ह्दयघातका कारण आईतावार बिहान उनकै कोठामा निधन भएको हो।

केहि दिन अघि सामान्य ज्वरो आएर रूममै औषधी लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगतै चिकित्कसले निधन भएको पुष्टि गरें।

उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ।कोरोना रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जनाएको छ। नाै बर्ष पहिले बैदशिक रोजगारिका लागि युएई आएका पराजुलीका एक श्रीमती,२ छोरा,आमा रहेका छन्। २ छोरा पनि बैदेशिक रोजगारमा रहेका बँताईएको छ।

पराजुलीको निधन हुँदाकै दिन उनको जन्मदिन परेको थियो सामाजिक संजालमा जन्मदिनको शुभकामना आउंदै गर्दा उनि भने यो संसारबाट सधैका लागि बिदा भैरहेका थिए । उनले आफ्नै जन्मदिनको दिन साथीभाई र आफन्तको पनि शुभकामना न त पढ्न पाए न त देख्न पाए । etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *