पार्टी फुटाउने र सकार ढाल्ने यस्तो घि’नलाग्दो खेलमा नलाग्न प्रचण्डलाई दीनानाथ शर्माको सुझाव !

समाचार

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी फु’टाउने र सरकार ढा’ल्ने खेलमा नलाग्न सुझाव दिएका छन । मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर नेता शर्माले अहिले सरकारलाई प्रभावकारी बनाउने र पार्टी एक ढिक्का बनाउने काममा ध्यान दिनुपर्ने बताए । उनले प्रचण्डलाई सरकार ढा’ल्ने खेलमा लाग्दा पूर्व एमाले एक हुने अवस्था आए के हुन्छ भनेर प्रश्न समेत गरेका थिए ।

प्रचण्डको निर्देशनमा सरकारवि’रूद्ध सुरू भएको हस्ताक्षर अभियान असफल बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका शर्माले यसअघि सार्वजनिक रूपमै अहिले पार्टी विभाजन र सरकार क’मजोर बनाउने अभियानमा लाग्न नहुने बताएका थिए ।

उनले पार्टीका विषयमा पार्टीमा र सरकारका विषयमा सरकार भित्रै छलफल गरेर निकास निकाल्नुपर्ने बताउँदै आएका छन । उनले सोमबारमात्रै पार्टीको वि’वाद आन्तरिक रूपमै समाधान गर्नुपर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । शर्मा अहिले पनि सरकारवि’रूद्धको हस्ताक्षर अभियानमा साथ नदिने तयारी गरेका पूर्व माओवदी समूहको छलफलमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *