कोरोनाले छोराको परदेशमा मृत्यु : न लास देख्न पाइयो, न परिवार सँगै बस्न पाइयो

समाचार

बैठक कोठाको टेबलमा फूल र मालामा सजाइएको एउटा तस्बिर छ । तस्बिरअगाडि अन’वरत ब’लिरहेछ छ दियो । काठमाडौं नक्सालस्थित हरिमाया अर्यालको घरभित्रको तस्बिर हो यो ।

लकडाउनले सडक सु’नसान छ, त्योभन्दा बढी सुनसान छ हरिमायाको घर । बाहिर वैशाखे झरी द’र्किँदै म’त्थर हुँदै गरिरहेछ, तर निरन्तर दर्कि’रहेछ हरिमायाको मन । हो, आज हरिमायाको सहारा टु’टेको छ, छोरा प्रशान्त परदेशमा अ’स्ताएका छन् । छोराको तस्बिर नियाल्दै हरिमाया अ’न्धकारमा हराएकी छिन् ।

आमासँग आशीर्वादको टीका लगाएर हात हल्लाउँदै लन्डन उडेको तीन साता मात्रै भएको थियो । प्रशान्त बि’रामी परेको ख’बर आयो । १ मार्च अर्थात् १८ फागुनमा लन्डन उडेका उनी ८ चैतमा बि’रामी परेको खबर आएको थियो । त्यतिखेरसम्म कोरोना चीनबाहिर खासै फै’लिएको थिएन । त्यसैले, केही दिनमै सञ्चो हुने बि’मार होला भनेर परिवार खासै चि’न्तामा थिएनन् । ‘घरमै अ’क्सिजन दिएको रहेछ, बोल्न थालिसकेको थियो,’ प्रशान्तका काका प्रेम अर्यालले भने, ‘हामीले सामान्य होला भन्ने ठान्यौँ ।’

आफसोच ! परिवारको अनुमान सही साबित हुन सकेन । २३ मार्च अर्थात् १० चैतमा प्रशान्तको मृ’त्युको खबर आयो । ‘भाइको मृ’त्युको खबर कानमा परेपछि आमा बे’होस नै हुनुभयो,’ प्रशान्तकी दिदी पुनम अर्याल कार्कीले भनिन् ।

कोरोनाकै कारण मृ’त्यु भएको खबर भने परिवारले मृ’त्युको दुई दिनपछि पाएको थियो । हरिमाया अहिले पनि धेरै बोल्न सक्दिनन् । बाहिरका मान्छेसँग मात्रै होइन, परिवारका सदस्यसँगै गफगाफ गर्न मन गर्दिनन् । स’ल्किरहेको दियोको प्रकाशले चम्किरहेको छोराको तस्बिर एकोहोरो हेरेर टोलाइरहन्छिन् । (नयाँ पत्रिका दैनाकमा यो खबर छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *