लकडाउनको अवधिमा घरमा बसेका सरकारी कर्मचारीले तलवभत्ता पाउने

जानकारी

घरमा बसेको लकडाउनको अवधिलाई सरकारले सार्वजनिक विदा कायम गर्ने भएको छ। कर्मचारीले खाइपाई आएको सेवासुविधालाई कायम राख्दै सो अवधिलाई सार्वजनिक विदाका रुपमा कायम गरिने भएको हो। यसले सरकारी कर्मचारीको तलब भत्तामा कुनै असर पर्ने छैन।

नेपाल राजपत्रमा आज यससम्वन्धी सूचना प्रकाशित गरिएको छ।

सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउनेगरी घरमा बसेको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदाका रुपमा कायम गर्ने राजपत्रमा उल्लेख छ।

यो पनि पढ्नुहोस

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्।

सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।‘उनले धरौटी बुझाइसकेका छन्,’ जिल्ला अदालतका एक कर्मचारीले भने ‘कागजपत्र गर्दै हुनुहुन्छ।’

सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेकाे र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै आइतबार पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो।यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *