बरु घरभाडा अर्को महिना दिउँला भन्दै चामलको बोरा बोकेर शिशिर भण्डारी पुगे अनाथ आश्रम

समाचार

काठमाडौं । लकडाउनको समयमा काठमाडौंमा भोको रहेका बिपन्न परिवार, अपाँग तथा अ,नाथ बालबालिकाहरुलाई आफुले सकेको सहयोग गर्न समाजसेवी तथा कलाकार शिशिर भण्डारी अघि सरेका छन् ।

यसअघि घरबाटै धेरै औषधी उपचार नपाएकाहरुलाई आर्थिक सहयोग गरेका शिशिरले अब आफ्नो व्यक्तिगत र सबैसँग सहयोग उठाएर पी,डितहरुको घाउमा म,ल्हम लगाउन लागेका हुन् । जस अन्तर्गत उनले भर्खरै एक अनाथ आ,श्रममा सहयोग गरेका छन् ।

शिशिरले फेसबुकमा मनैछुने स्ट्याटस लेख्दै भनेका छन्, कुनै समय काठमाडौंमा घरभेटीलाई घरभाडा तिर्न नसकेर लुकी-लुकी हिड्ने म,अरुसँग एकछाक बाँडेर खान सक्ने भएछु । तर यसपाली पनि घरभेटीलाई भाडा भने तिरेको छैन, बरु घरभेटीलाई भनेको छु- दाई, तपाई हामी त मिठो मसिनो खान सक्ने छौं, यो बेला अप्ठेरोमा परेकाहरुलाई खुवाऊँ है, घरभाडा अर्को महिना दिउँला । बुझ्दैछु, अरुसँग बाँडेर खान धन हैन, मन नै चाहिन्छ ।

शिशिरले काठमाडौंको फ्युचर होप नेपाल नामक एक अनाथ आश्रममा आफुले सकेको खाद्यान्न सहयोग गरेका हुन् । 

यो पनि पढ्नुहोस

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्।

सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।‘उनले धरौटी बुझाइसकेका छन्,’ जिल्ला अदालतका एक कर्मचारीले भने ‘कागजपत्र गर्दै हुनुहुन्छ।’

सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेकाे र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै आइतबार पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो।यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *