२५ हजार धरौटीमा छुटे पूर्वसचिव उपाध्याय

समाचार

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्।

सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

‘उनले धरौटी बुझाइसकेका छन्,’ जिल्ला अदालतका एक कर्मचारीले भने ‘कागजपत्र गर्दै हुनुहुन्छ।’

सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेकाे र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै आइतबार पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।

साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो।

यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो। सेतोपाटी

मनकामना मन्दिरका पुजारीसँग तीनवटा बन्दुक, दुईको दर्ता खारेज

गोरखा । जिल्ला प्रशासन कार्यालय गोराखाले मनकामना मन्दिरका पुजारीले राखेको बन्दुकको दर्ता खारेज गरेको छ ।

मनकामनाका मूल पुजारी इन्सास थापा मगरले राखेको तीनमध्ये दुई बन्दुकको दर्ता खारेज गरिएको गोरखा प्रशासनले जनाएको छ । व्यक्तिगत सुरक्षा प्रयोजनका लागि लाइसेन्स दिइएको भए पनि थापा मगरले शिकार खेल्न दुरुपयोग गरेको उजुरी परेको थियो ।

उजुरीका आधारमा पुजारी मगरको प्रहरीले निगरानी बढाएको थियो । उहाँलाई गत ५ वैशाखको राति स्थानीयले सहिद लखन थापा गाउँपालिकाको ढोडेनी जंगलमा शिकार खेल्न गएका बेला पुजारी मगरलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक भरुवा बन्दुक र एक बारबोरको इजाजत खारेज गरिएको र ती दुवै हतियार अब राज्यको हुने बताउनुभयाे । एउटा भने मन्दिरमा बेलाबेला पुजा गर्दा बढाईं गर्नुपर्ने भएकाले मनकामनास्थित प्रहरी चौकीमै राखिएको र बढाईंका बेला मात्र प्रयोगको अनुमति दिइएको प्रजिअ पौडेलले जानकारी दनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *