मनकामना मन्दिरका पुजारीसँग तीनवटा बन्दुक, दुईको दर्ता खारेज

समाचार

गोरखा । जिल्ला प्रशासन कार्यालय गोराखाले मनकामना मन्दिरका पुजारीले राखेको बन्दुकको दर्ता खारेज गरेको छ ।

मनकामनाका मूल पुजारी इन्सास थापा मगरले राखेको तीनमध्ये दुई बन्दुकको दर्ता खारेज गरिएको गोरखा प्रशासनले जनाएको छ । व्यक्तिगत सुरक्षा प्रयोजनका लागि लाइसेन्स दिइएको भए पनि थापा मगरले शिकार खेल्न दुरुपयोग गरेको उजुरी परेको थियो ।

उजुरीका आधारमा पुजारी मगरको प्रहरीले निगरानी बढाएको थियो । उहाँलाई गत ५ वैशाखको राति स्थानीयले सहिद लखन थापा गाउँपालिकाको ढोडेनी जंगलमा शिकार खेल्न गएका बेला पुजारी मगरलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक भरुवा बन्दुक र एक बारबोरको इजाजत खारेज गरिएको र ती दुवै हतियार अब राज्यको हुने बताउनुभयाे । एउटा भने मन्दिरमा बेलाबेला पुजा गर्दा बढाईं गर्नुपर्ने भएकाले मनकामनास्थित प्रहरी चौकीमै राखिएको र बढाईंका बेला मात्र प्रयोगको अनुमति दिइएको प्रजिअ पौडेलले जानकारी दनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *